दक्षिण पाकिस्तानमा सडक दुर्घटना: ६ जनाको मृत्यु, ६ जना घाइते

बिएल संवाददाता

इस्लामाबाद
फाइल तस्बिर
फाइल तस्बिर

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।

उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपायुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका छन्।

मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको अधिकारीले जानकारी दिएका छन्।

एक जना प्रत्यक्षदर्शीका अनुसार चालकले तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो। दुर्घटनापछि घटनास्थलबाट चालक फरार भएका छन्  ।

प्रकाशित मिति: : 2023-06-13 05:31:00

प्रतिकृया दिनुहोस्