सुन-चाँदीको मूल्य घट्यो

आज (साेमबार) सुन र चाँदीको मूल्य सामान्य रुपले घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कायम भएकाे छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा भएको छ।

प्रकाशित मिति: : 2023-06-12 13:42:00

प्रतिकृया दिनुहोस्