फ्रान्समा छुरा प्रहारसँग ‘आतङ्कवादी’ समूहको सम्लग्नता देखिन्न: अभियोजक 

फ्रान्सको अल्पाइन शहर एँनेसीमा बिहीबार ६ जनालाई छुरा प्रहार गरेकाे हत्या गरेकाे घटनामा आरोपित एक सिरियाली शरणार्थीको ‘आतङ्कवादी’ सम्लग्नता नदेखिएको स्थानीय अभियोजकले बताएका छन्।

लाइन बोनेट–म्याथिसका अनुसार आक्रमणमा घाइते भएका चार बालबालिकामध्ये एक जना २२ महिना, दुई जना दुई वर्षका थिए भने चौथो व्यक्ति तीन बर्षका थिए भने अन्य दुई जना वयस्क नागरिक पनि घाइते भएका थिए।

प्रहरी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार ती संदिग्ध ३० वर्षीय सिरियाली नागरिक हुन् जसलाई गत अप्रिलमा स्वीडेनमा शरणार्थीको दर्जा दिइएको थियो। उनलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो।

एएफपीले प्राप्त गरेको  र घटनासँग सम्बन्धित स्रोतले पुष्टि गरेको भिडियोमा आक्रमणकारीले अंग्रेजीमा दुई पटक ‘येशू ख्रीष्टको नाममा’ भनेको सुन्न सकिन्छ।

स्थानीय समयअनुसार बिहान ९ः४५ बजे लेक एँनेसीले आक्रमण गरेको केही समयपछि आक्रमणकारीलाई पक्राउ गरिएको थियो।

घाइतेमध्ये दुई जना बालबालिका र एक जना वयस्कको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-06-09 05:56:00

प्रतिकृया दिनुहोस्