चीन-भारत जोड्ने गाउँलाई बाटोको पिरलो

हिमाल खबर

कृष्ण धामी

लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको व्यास गाउँपालिका-१ का बासिन्दालाई भने वर्षौंदेखि बाटोकै समस्याले पिरोलिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणले गर्दा फेरि लिम्पियाधुरा, कालापानी र लिपुलेक चर्चामा छन्। सामरिक दृष्टिले महत्त्वपूर्ण यी तीनै स्थान रहेको वडामा पुग्न भने भारतकै बाटो हिंड्नुपर्छ।

दार्चुलाको व्यास गाउँपालिका-१ मै पर्छ, लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतको क्षेत्र। देशका ६ हजार ६८० वडामध्ये यो मात्रै यस्तो वडा हो, जहाँ पुग्न आफ्नै सहज बाटो छैन। त्यसैले छाङरुका बासिन्दा सदरमुकाम वा देशका अन्य भागबाट भारतको बाटो भएर घर फर्किन्छन्।
https://www.himalkhabar.com/news/136282

प्रकाशित मिति: : 2023-06-08 21:48:00

प्रतिकृया दिनुहोस्