पृथ्वीसुब्बाकाे टिप्पणी- आर्थिक वर्षकाे बजेट समाजवादको यात्रा तय गर्नबाट चुक्याे

नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उनले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए।

कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने उनको जिकिर थियो। मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न बजेटले आवश्यक विषय समेटन नसकेको दाबी गर्दै पुँजीगत खर्च बढाउन नारा लेखेर मात्र नहुने र यसका लागि सार्वजनिक खरिद ऐन संशोधनको सांसद सुब्बाले सुझाव दिए।

प्रकाशित मिति: : 2023-06-08 12:56:00

प्रतिकृया दिनुहोस्