सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
अर्थमनत्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने बताए।
यस्तै, बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च आय तथा रोजगारीको गरिबी न्यूनीकरण गर्ने, समृष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासन तथा सार्वजनिक खर्च वृद्धि गर्ने लक्ष्य राखिएको छ।
आगामी आर्थिक वर्षको बजेटले कृषि, ऊर्जा, पर्यटन लगानी प्रवर्द्धन, औद्योगिक विकासलाई प्राथमिकता दिएको छ। यस्तै, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउने, सामाजिक सुरक्षामा ध्यान दिने तथा पूर्वाधार निर्माण, विद्युतीय प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, वातारणको संरक्षण पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सार्वजनिक वित्तीय प्रणालीमा सुधार वित्तीय सङ्घीयताको सबलीकरण गर्ने बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ। यस्तै, बजेटले उस्तै प्रकृतिका २० वटा संस्थासमेत खारेज गरेको छ।