आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदबाट पारित

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। 

५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट ९ जेठमा  पारित भएकाे थियाे। 

अर्काे प्रतिनिधिसभा बैठक भाेली  दिउँसाे १ बजे बस्ने गरी स्थगित भएकाे छ। 

प्रकाशित मिति: : 2023-05-27 22:41:00

प्रतिकृया दिनुहोस्