मध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु

जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको  जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ।

संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन्।

प्रकाशित मिति: : 2023-05-26 05:22:00

प्रतिकृया दिनुहोस्