रुकुममा पहिलाेपटक गाडी पुग्याे, हेलिकप्टरमा डाेजर लगेर खनिएकाे थियाे बाटाे

रुकुम(पश्चिम)को आठविसकोट नगरपालिका– १ मा पहिलोपटक गाडी पुगेको छ। जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो। उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो।

गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन्। पहिलोपटक वडा नं. १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए।

आठबिसकोट– १ का वडाअध्यक्ष देवबहादुर घर्तीकाअनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन्। वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ।

वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताए। यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो।

प्रकाशित मिति: : 2023-05-21 20:23:00

प्रतिकृया दिनुहोस्