कस्ताे छ खाडी, कसरी बाँचिरहेका छन् नेपाली कामदार

खाडी अर्थात् मध्यपूर्वका १२ देशहरू आफ्नै सीमाभित्र बाँधिएका छन्। त्यसैगरी बाँधिन बाध्य छन्– आप्रवासी कामदार।

मध्यपूर्वकाे उराठलाग्दो मरूभूमि। आफ्नै बेगमा बगिरहेको तातो हावा। मानाैं– कसैलाई कसैकाे वास्ता छैन। तरपनि खाडीमा आप्रवासी कामदारहरूका ठुल्ठूला सपना छन्। सगरमाथा जतिकै अग्लाे कल्पना बोकेर मरूभूमिमा हिँडिरहेका छन्, नेपाली। खाडीमा नेपाली मात्र छैनन्, संसारै छ। 

मरूभूमिले नेपालको हरियाली दृश्य देखाइरहेको छ। 

खाडीमा चर्को घाम छ। मनमा शीतलता छ। मुढा झैँ सुतेकाे थकित शरीर। बिदाको समय। सामाजिक सञ्जालमार्फत् साथी–भाइसँग गफियाे। यस्तै छ– परदेशीको कथा। खाडीको दैनिकी। गल्फकाे हत्यारा गर्मीले धेरैकाे ज्यान लिइरहेकाे छ। यतिसम्म कि मजदूरहरूले शान्त मनले पानीसमेत पिउन पाउँदैनन्। देश फर्किएका हजाराैँ कामदारहरू अशक्त छन्।

याे कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनकाे कथा हाे। गरिबीको भुमरीभित्र हराएपछि जानी–नजानी खाडीमा बेचिएका युवाहरूकाे व्यथा हाे।

खाडीका थुप्रै समस्याहरू उजागर भए। तर नेपाल सरकारले समाधान गर्न सकेन। कम्पनीदेखि भेडी गोठसम्म शोषणका अनेकौं पीडा छन्।

यो सुनौलाे युगमा पनि कामदारहरू बन्धकजस्तै छन्। चेलीहरूका व्यथा पनि उस्तै छन्। किनकि याे खाडी हाे। 'हामी मानिस हौँ, हामी कामदार हौँ, दास होइनौँ'– आप्रवासी भन्छन्।

सुन्दर भविष्यको सपना देखेर परदेश पसेका तन्नेरीहरू परिवारका लागि मरूभूमिमा बाँचिरहेका छन्। यो एक युवाको कथा हो, जहाँ हजारौं युवाहरूले भोगिरहेका छन्। यो नेपाली युवाहरूले भोगिरहेकाे मध्यपूर्वको कहरलाग्दो व्यथा हो।

बिएल नेपाली सेवाले एजेन्सीकाे सहयाेगमा खाडी संसार, नेपाली कामदार र त्यहाँकाे पीडा देखाउने केही तस्विर शेयर गरेकाे छ।

प्रकाशित मिति: : 2023-05-21 06:20:00

प्रतिकृया दिनुहोस्