सेयर बजारमा सामान्य अंकको वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको छ। बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ। यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन्।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ। आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ७३ करोडमा झरेको थियो। मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ। मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ।

मंगलबार कारोबार भएकामध्ये एनआईसी एशिया बैकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको करिब २ करोड १७ लाखको कारोबार भएको छ।
 

प्रकाशित मिति: : 2023-05-16 16:36:00

प्रतिकृया दिनुहोस्