चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

थाइल्यान्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्यालीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कू को सम्भावना नभएको प्रष्ट पारेका छन्।

सेनाले थाइल्यान्डमा दर्जनौं पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा त्यस्तो नदोहोरिने वाचा गरेका थिए। 

मतदाताहरूले पूर्व सेना प्रमुख र विद्रोही नेता प्रधानमन्त्री प्रयुत चान-ओ-चाको सरकारको पराजय हुन सक्ने भविष्यवाणी गरिरहँदा सेना सत्तामा टाँसिने प्रयास गर्न सक्छ भन्ने डर  भने आम जनतामा रहेको छ।

तर नारोङपानले बिहीबार पत्रकार सम्मेलनमा विगतका विद्रोहहरू 'धेरै नकारात्मक' भएको भन्दै सैन्य शासनमा फर्किने अवस्था नरहेको बताएका छन्। 'त्यहाँ अब (कू) हुनु हुँदैन। मेरो लागि, यो शब्द शब्दकोशबाट मेटाइनुपर्छ,' उनले भनेका छन्। 

आइतबारको चुनाव पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३६ वर्षीया छोरीले नेतृत्व गरेको फेउ थाईको नेतृत्वमा रहेको विपक्षी र प्रयुतले मूर्त रूप लिएको पुरानो रूढिवादी शाहीवादी-सैन्य  शक्तिबीचको भीडन्तको रूपमा हेरिएको छ। फेउ थाई चुनावमा अगाडि देखिएको  छ र तल्लो सदनमा धेरै सिट जित्दा  पनि सत्ता हात पार्ने कुनै निश्चितता भने छैन। प्रधानमन्त्रीलाई ५०० निर्वाचित सांसद र २५० सिनेटले छनोट गर्नेछन्-जसका सदस्यहरू सेनाको पक्षमा रहेका र प्रयुतको जन्टाले नियुक्त गरेका थिए।

फेउ थाईको मुख्य विपक्षी प्रतिद्वन्द्वी मुभ फर्वार्ड पार्टीले भने पुरानो राजनीतिक प्रणालीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्ने युवा समूहको को व्यापक समर्थन पाएको छ।
 यता ६९ वर्षीय प्रयुतले देशको यो जटिल कालखण्डमा राज्य सञ्चालनका निम्ति अनुभव भएका व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गरेका छन्  ।

प्रकाशित मिति: : 2023-05-13 05:44:00

प्रतिकृया दिनुहोस्