डा. कविता क्याल बालरोग विशेषज्ञ हुन्। बालबालिकाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु उनको दैनिकी हो।
उनले हजारौं बालबालिका उपचार गरेर बचाएकी छन्।
अनुभव, अनुसन्धान र अध्यनन नै उनको चिकित्सकीय पेसाका मूल मन्त्र हुन्। तर चिकित्सकीय पेसामा रहिरहँदा भएका केही घटना भने उनी कहिल्यै भुल्दिनन्।