एकैदिन १ हजार ८ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार छ सय रूपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ५० छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार तीन सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले बढेर रु एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: : 2023-05-03 12:03:00

प्रतिकृया दिनुहोस्