थाइल्यान्डमा प्रधानमन्त्रीको उम्मेदवारले छोरा जन्माइन्, रोकिएन चुनावी अभियान

थाइल्यान्डमा १४ मे–मा आमनिर्वाचन हुँदैछ। फेउ थाई पार्टीबाट प्रधानमन्त्री पदको शीर्ष उम्मेदवार हुन्, पेटोङ्टार्न सिनावात्रा।

३६ वर्षीया सिनावात्राले सोमबार बिहान आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी छिन्। र, स्वास्थ्यमा सुधार हुनेबित्तिकै चुनावी अभियानमा फर्किने बताएकी छन्।

निर्वासित पूर्वप्रधानमन्त्री तथा सिनावात्राका पिता थाक्सिनले आफ्नो सातौं नातिलाई स्वागत गर्दै जुलाईमा थाइल्यान्ड फर्कने बताएका छन्।

थाक्सिनलाई सन् २००६ को सेप्टेम्बर १९ मा न्युयोर्कको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेका बेला तत्कालीन सेनाका कमान्डर इन चिफ जनरल सोन्थी बुन्यारातग्लिनले पदबाट हटाएका थिए।

निर्वासनमा आफ्नो १७ वर्षको दौडान उनले आफ्नो अधिकांश समय दुबईमा बिताएका छन्।

प्रकाशित मिति: : 2023-05-02 07:57:00

प्रतिकृया दिनुहोस्