बैंक र लघुवित्तहरुलाई भ्रष्ट भन्दै हिँड्ने दुर्गा प्रसाईंले कर तिर्न अटेरी गरेपछि कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

फाइल तस्विर
फाइल तस्विर

पूर्व एमाले नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेपछि आन्तरिक राजस्व कार्यालय भद्रपुर (झापा)ले कर तिर्न १५ दिने अल्टिमेटम दिएको छ।

बैंक तथा लघुवित्तहरुले जनतालाई ठगेको आरोप लगाउँदै हिँड्ने प्रसाईं आफैंले राज्यलाई कर नतिरेपछि राजस्व कार्यालयले नामै तोकेर अल्टिमेटम दिएको हो।

उनले सञ्चालन गरेको बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ।

पटक–पटक पत्राचार, फोन सम्पर्कको माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ।\

यस्तो छ सूचना:

प्रकाशित मिति: : 2023-04-26 13:27:00

प्रतिकृया दिनुहोस्