प्रतितोला आठ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ। चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिोला एक हजार चार सय ५० कायम भएको छ।

प्रकाशित मिति: : 2023-04-16 13:09:00

प्रतिकृया दिनुहोस्