दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन्।
शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। घटनामा कुनै हताहती वा मृत्यु भएको खबर प्राप्त भएको छैन।
युसी शहरमा रहेको अग्नि नियन्त्रक मुख्यालयका अनुसार २८० वटा दमकल र तीनवटा हेलिकप्टरको सहायताले चार हजारभन्दा बढी मानिसले आगो निभाउने काम गरेका थिए।
शनिबार मध्याह्नसम्ममा जियाङचुआन जिल्लामा लागेको आगो नियन्त्रणमा आइसकेको र होङटा जिल्लामा पनि आगो नियन्त्रणमा आइसकेको मुख्यालयले जनाएको छ।
जियाङचुआन जिल्लाको एक बस्ती नजिकै मङ्गलबार लागेको डढेलो आसपासका क्षेत्रमा फैलिएको थियो।
युनान मौसम विज्ञान सेवाले आगामी पाँच दिनमा सात शहर र प्रिफेक्चरमा तातो र सुख्खा मौसमको पूर्वानुमान गरिएकाले जङ्गलमा लागेको डढेलोका लागि यस वर्षको पहिलो खतराको सङ्केतको सूचना नागरिकलाई गरिएकोे छ।