नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा सहमतिमा अन्जान श्रेष्ठ हुने स्थितिमा देखिएका छन्।
पहिलो चरणको निर्वाचनमा तीन जना वरिष्ठ उपाध्यक्ष पदका दाबेदार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाए पछि धेरै मत ल्याएका दुई उम्मेदवारबीच पुनः मतदान गर्न लागिएको हो।
उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचका लागि प्रतिस्पर्धामा छन्। निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु र स्वयम् उम्मेदवारहरुबीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पनि पछि धकेलिएको हो।