बालकलाई जिब्रो चुस्न लगाएकोमा आलोचित भएपछि दलाई लामाले मागे माफी

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्विर
फाइल तस्विर

एक बालकलाई जिब्रो चुस्न लागएकोमा आलोचित भएका तिब्बती धर्मगुरु दलाई लामाले माफी मागेका छन्। लामाले सोमबार एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।

‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’ लामाको वक्तव्यमा भनिएको छ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ छ।

लामाले उक्त घटनाप्रति खेद प्रकट गरेका छन्।

प्रकाशित मिति: : 2023-04-10 14:47:00

प्रतिकृया दिनुहोस्