यमनमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ।

शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भउको थियो। 

बर्षाका कारण बजार, घर र पसलहरू डुबानमा परेका छन्। केही मुख्य सडक र सुरुङका प्रवेशद्वारहरू बन्द गरिएका छन्। 

युनेस्कोको सम्पदा क्षेत्र सानाको पुरानो शहरभित्र र बाहिर शनिबार अबेरसम्म पनि अल–तहरीर स्क्वायर, बाब–अल–यमन र अल–सईलाहमा पानीको सतह घट्न सकेको छैन। 

स्थानीयबासिन्दाले आफ्ना सामानको उद्धार गर्ने क्रममा आफ्नो भुईंतल्ला र पसलबाट पानी र फोहोर सफा गर्न संघर्ष गरिरहेका देखिन्थे।   

यमनको राष्ट्रिय मौसम सेवाले वर्षायाम सुरु भएसँगै वर्षामा वृद्धि हुने अनुमान गर्दै विभिन्न प्रान्तका लागि आकस्मिक बाढी आउनसक्ने चेतावनी जारी गरेको छ।

गत वर्षायाममा सानामा कम्तीमा १० वटा अग्ला भवन भत्किएका थिए भने पुरानो सहरमा दर्जनौं भवनमा भारी वर्षाका कारण क्षति पुगेको थियो।
 

प्रकाशित मिति: : 2023-04-02 20:09:00

प्रतिकृया दिनुहोस्