सर्वसाधारणको पैसा हिनामिना गरेको भन्दै सिन्सियरका सञ्चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौँको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेटका अध्यक्ष, सञ्चालक र कर्जा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ।

सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यको नामै किटान गरेर अख्तियार र सम्पत्ति शुद्धीकरणमा एकैपल्ट उजुरी परेको हो।

उनीहरुले सिन्सियरमा स्थापना कालदेखि एकलौटी कब्जा जमाएर करोडौँ रकम ठगी गरेको र अकुत सम्पत्ति कमाएको भन्दै निवेदकले सम्पत्ति छानविनका लागि दुबै निकायसमक्ष माग गरेका हुन्।

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले दिएको जानकारीअनुसार राजेन्द्रभक्त र राजेश संस्थाको स्थापना कालदेखि नै सिन्सियरलाई पेवा बनाइरहेको भए पनि कर्जा अधिकृत कर्माचार्य जोडिएको १५ वर्षमै काठमाडौँमा घर जग्गा जोडेको निवेदनमा दाबी गरिएको छ।

प्रकाशित मिति: : 2023-03-30 13:50:00

प्रतिकृया दिनुहोस्