अमेरिकी सेनाको दुई वटा हेलिकप्टर दुर्घटना, मृतकको संख्या अज्ञात

Photo: AP
Photo: AP

प्रशिक्षण मिशनको क्रममा अमेरिकी सेनाको दुईवटा ब्ल्याक हक हेलिकप्टर केन्टकी स्टेटमा दुर्घटना भएको छ।

सेनाका प्रवक्ता नन्डिस थर्मनले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा चालक दलका सदस्यहरूको अवस्था तत्काल थाहा हुन नसकेको उल्लेख छ। उक्त हेलिकप्टरमा कति जना सवार थिए भन्ने एकिन नभएको उनले बताइन्।

केन्टकीका गभर्नर एन्डी बेशियरका अनुसार केही यात्रु मृत्यु भएकाे अनुमान गरिएकाे छ। केन्टकी पुलिस र राज्यको आपतकालीन व्यवस्थापन सेवाले दुर्घटनास्थलमा पुगी अवस्थाको मूल्यांकन गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ।

'हामीले फोर्ट क्याम्पबेलबाट हेलिकप्टर दुर्घटनाको प्रारम्भिक रिपोर्टहरू र मृत्यु भएको हुन सक्ने केही कठिन समाचारहरू पाएका छौं,' उनले ट्विटरमार्फत भने।

'अमेरिकी वायुसेना चालक दलका सदस्यहरुले उडाइरहेका दुईवटा ब्ल्याक हक हेलिकप्टर रातको करिब १० बजे ट्रिग काउन्टीमा दुर्घटनामा परेको छ,' थर्मनले भनिन्।

दुर्घटनाको कारण नखुलेको र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ। 'हाम्रो ध्यान हाल सदस्यहरू र उनका परिवारहरुको हेरचाहमा केन्द्रित छ,' उनले भनिन्। 

प्रकाशित मिति: : 2023-03-30 13:02:00

प्रतिकृया दिनुहोस्