गोरखापत्र
नागरिकले राज्यबाट पाउने सार्वजनिक हितका सेवा नै सार्वजनिक सेवा हुन्। नागरिकले जति सहज, सुलभ र प्रभावकारी ढङ्गबाट सेवा पाउन सक्छन् त्यति नै सरकारप्रति विश्वास बढाउँछन्। सार्वजनिक प्रशासनको मियोको रूपमा रहेको निजामती प्रशासनले अपनाउने कार्यशैली र बहन गर्ने जवाफदेहिताले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अहम् भूमिका खेल्छ। यसका लागि उत्प्रेरित र उच्च मनोबल साथ काम गर्ने कर्मचारी जरुरी हुन्छ। सेवा प्रवाहमा प्रक्रिया लामो भयो, सेवा पाउने सुनिश्चितता भएन, सेवा लिन प्रणालीभन्दा पनि पहुँचले बाहुल्यता पायो, सेवामुखी संस्कार छैन, सेवा प्रवाहमा नवीनतम प्रविधि अनुसरण भएका छैनन् भन्ने खालका अपजस कर्मचारीतन्त्रमा आउने गरेका छन्।
निजामती प्रशासनले सेवा प्रवाह, विकास निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कल्याणकारी कार्यहरू गर्ने हो। नागरिकमा सबल, सहज र सुलभ ढङ्गबाट सार्वजनिक सेवा प्रवाह भइरहेको अवस्था आउनुपर्छ। निजामती सेवा प्रवेश, कार्यसम्पादन तथा सेवानिवृत्त सबै कुरा कानुनका आधारमा निर्धारित रहने भएकोले सेवा प्रवाह पनि विधिमा आधारित नै रहेका हुन्छन्। समय बदलिएको छ। शासकीय स्वरूप पनि फेरिएको छ। तसर्थ यसलाई अनुकूलित गराउने काम पनि निजामती प्रशासनको नै हो। नेपालमा बुच कमिसनदेखि विभिन्न कालखण्डमा बनेका प्रशासन सुधार आयोगले दिलाएका सुझावको कार्यान्वयनमा तीव्रता दिन सकिरहेको पाइँदैन। नागरिकका सेवा प्रवाहमा आआफ्नै अपेक्षा रहेका छन्। छिटो छरितो तथा गुणस्तरीय र कम खर्चिलो सार्वजनिक सेवा प्रवाह आमनागरिकको अपेक्षा पनि हो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया