श्रीलङ्काले हरित अर्थतन्त्र अपनाउने

श्रीलङ्काको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको  छ।

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ।

'श्रीलङ्कासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरू मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ। राष्ट्रपति (रानिल) विक्रमासिङ्घे हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलङ्काको बलियो अर्थतन्त्र निर्माणको  आधार हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ' विज्ञप्तिमा भनिएको छ।

हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी  आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रकाशित मिति: : 2023-03-28 18:49:00

प्रतिकृया दिनुहोस्