नवलपरासीको सर्दीमा बेवारिसे बम फेला

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्।

स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो।

स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्।

साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट भएका खण्डमा १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुग्न सक्ने उनले दाबी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको बताए।

प्रकाशित मिति: : 2023-03-27 05:33:00

प्रतिकृया दिनुहोस्