व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो।

'आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ' एक प्रहरी अधिकारीले भनेका छन्।  त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा  विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: : 2023-03-17 14:21:00

प्रतिकृया दिनुहोस्