च्याटजिपिटीसँग टक्कर गर्न चीनले खडा गर्‍याे बाइडु

Ng Han Guan/AP Photo
Ng Han Guan/AP Photo

आर्टिफिसियल इन्टेलिजेन्स च्याटजेपिटीसँग प्रतिस्पर्धा गर्न चीनले बाइडु सार्वजनिक गरेकाे छ।

चीनले बिहीबार सर्च इन्जिन जायन्ट बाइडुले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स-पावर्ड च्याटबोट एर्नीको सार्वजनिक गरेको छ, जुन ओपन एआइ च्याटजीपीटीको नवीनतम नयाँ प्रतिस्पर्धी हाे।

बाइडुका प्रमुख कार्यकारी अधिकृत रोबिन लीले बिहीबार चिनियाँ भाषामा वेक्सिन भनेर चिनिने एर्नी बाइडुको दशकौंको कडा मेहनत र प्रयासको परिणाम भएको बताएका छन्।

यसले दुई चरणको कुराकानीमा एर्नी बोटले गणितीय तर्कको क्षमता प्रस्तुत गर्छ। यसले प्रश्न आफैंमा सही छ कि छैन भन्ने मात्र थाहा पाउँदैन, यसले उत्तरहरू र उत्तर पत्ता लगाउन उत्कृष्ट तरिका पनि सिकाउँछ। यसले अंग्रेजी भाषाकाे तुलनामा चिनियाँ भाषामा राम्राे काम गर्न सक्छ। भने, यसले गलत तथ्यकाे पहिचन पनि गर्न सक्छ।

यद्यपि, यसमा च्याटजिपिटीमा जस्तै भिडियाे र तस्बिरकाे उपलब्धता छैन।

प्रकाशित मिति: : 2023-03-17 07:37:00

प्रतिकृया दिनुहोस्