कराँचीमा दुई जना आतङ्ककारी मारिए

बिएल संवाददाता

इस्लामावाद
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन्।

सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो।

दुवै मृतकको पहिचान भइसकेको छ।  उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ।

यसै गरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए।
 

प्रकाशित मिति: : 2023-03-13 18:45:00

प्रतिकृया दिनुहोस्