पेन्सन सुधारको मागसहित फ्रान्सेली श्रमिकहरु प्रदर्शनमा

photo: Arnaud Finistre/AFP
photo: Arnaud Finistre/AFP

फ्रान्सेली श्रमिकहरु पेन्सन सुधारकाे मागसहित प्रदर्शनमा उत्रिएका छन्।

फ्रान्सको राजधानी पेरिस र देशभर राष्ट्रपति इमानुएल म्याक्रोको पेन्सन सुधारको विरोधमा २५० भन्दा बढी प्रदर्शन भएका हुन्। फोहोर संकलन गर्ने, युटिलिटी वर्कर्स, ट्रेन ड्राइभर र अन्यले प्रस्तावित कानुनको विरोधमा काम छोडेका छन।

म्याक्रोको सेवानिवृत्तिको उमेर ६४ वर्ष पुर्‍याउने योजनाको विरोधमा मंगलबार १२ लाख ८० हजार मानिसले देशव्यापी प्रदर्शन गरेको त्यहाँकाे गृह मन्त्रालयले जनाएको छ। अघिल्लो चरणको प्रदर्शनमा अनुमानित १२ लाख ७० हजार मानिस सहभागी भएको केही हप्तापछि यो विरोध प्रदर्शन भएको हो। पेरिस, मार्सेली, नाइस र अन्य सहरहरूमा ठुलो भीड सडकमा उत्रिएकाे छ।

फ्रान्सको राजधानीमा मजदुर, परिवार र अधिकारकर्मीहरु भेला भएर नाराबाजी गरिरहेका छन। पेरिसमा भएको मार्च शान्तिपूर्ण भए तापनि केही मानिसहरूले प्रहरीमाथि अश्रुग्यास प्रहार गरेका थिए भने केही मानिसहरूले छिटफुट रूपमा झडप गरेका थिए।

प्रकाशित मिति: : 2023-03-08 06:31:00

प्रतिकृया दिनुहोस्