आफूले गरेकाे कामकाे सेवाग्राहीलाई जानकारी दिदैँ रसुवा जिप्रका

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ।

यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ। सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले  स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको ४९ मुद्दामध्ये १० फैसला भई ३९ फछ्र्यौट प्रक्रियाका रहेको जानकारी दिए।

उनले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमनलगायत कार्य गर्दै आएको बताए। प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसंग आग्रह गरे।  

प्रकाशित मिति: : 2023-03-05 10:55:00

प्रतिकृया दिनुहोस्