हलिउड अभिनेता टम सिजमोरको मृत्यु

हलिउड अभिनेता टम सिजमोरको शुक्रबार (३ मार्च)मा मृत्यु भएको छ। 

सिजमोरकाे म्यानेजर चार्ल्स लोगोले अभिनेताकाे मृत्यु भएको पुष्टि गरेका हुन्।  

बिगत १८ दिन देखि ब्रेन एन्‍यरिजमका कारण अस्पताल भर्ना भएका सिजमोरको सुतिरहेकाे अवस्थामा नै मृत्यु भएको हाे। 

सन् २००५ मा मेथामफेटामाइन नामक लागु औषधी सेवन तथा सन् २०१६ मा घरेलु हिँसाकाे आरोपमा करिब चार बर्ष जेल जीवन बिताएका उनी धेरै नायिका तथा मोडलहरु सँगको प्रेम समबन्धका कारण बिबादमा आइरहन्थे। 

नोभेम्बर २९ सन् १९६१ मा मिचिगनकाे डेट्रोइटमा जन्मिएका सिजमोरकाे (१९९५), पर्ल हर्बर (२००१), रेड (२००८), ब्लु स्टिल (१९८९) आदि फिल्म हिट भएका छन्। 

प्रकाशित मिति: : 2023-03-04 17:39:00

प्रतिकृया दिनुहोस्