कम्बोडियाः विपक्षी नेतालाई राजद्रोहको आरोपमा २७ वर्ष जेल सजाय

Photo: Greg Baker/AFP
Photo: Greg Baker/AFP

कम्बोडियाको एक अदालतले शुक्रबार शीर्ष विपक्षी नेता केम सोखालाई राजद्रोहको अभियोगमा २७ वर्षको जेल सजाय सुनाएको छ। 

केमविरूद्ध लागेको अभियोग अधिकारकर्मीहरूले राजनीतिक लाभले प्रेरित भएको बताएका छन्।

केम सोखा अहिले विघटित कम्बोडिया राष्ट्रिय उद्धार पार्टीका संयुक्त संस्थापक र एसियाको सबैभन्दा लामो समय सेवा गर्ने नेता हुन सेनका विपक्षी हुन्।

नोम पेन्हको अदालतमा न्यायाधीश कोय साओले भने, 'केम सोखालाई कम्बोडिया र अन्य ठाउँमा विदेशीहरूसँग मिलेर काम गरेको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको छ।'

परिवारको सदस्य बाहेक अरू कोहीसँग भेट्न नपाइने सर्तमा ६९ वर्षीय केमलाई फैसला लगत्तै घरमा नजरबन्द गरिएको थियो।

केम सोखाका वकिल आङ उदोमले जेल सजायविरूद्ध पुनरावेदन गर्न उनीसँग एक महिनाको समय रहेको बताए।

अदालतले उनको मताधिकार खोस्दै राजनीतिक पदमा उम्मेदवारी दिन पनि रोक लगाएको छ।

सन् २०१७ मा मध्यरातमा पक्राउ परेका सयौं सुरक्षाकर्मीहरू मद्धे केम सोखालाई, शासक हुन सेनको सरकारलाई पतन गर्न विदेशी संस्थाहरूसँग मिलेर 'गोप्य योजना' बनाएको आरोप लगाइएको थियो। उनले बारम्बार आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

हुन सेनले लोकतान्त्रिक स्वतन्त्रतालाई कुण्ठित गरेर विपक्षीहरूलाई दबाउन अदालतको प्रयोग गर्दै थुप्रै विपक्षी कार्यकर्ता र मानवअधिकार रक्षकहरूलाई जेल हालेको आलोचकहरूको दाबी छ।

'म यो निर्णय स्वीकार गर्न सक्दिन' केम सोखाका समर्थक चेया सामुनले अदालत बाहिर एएफपीलाई भने। 'केम र जनताको लागि यो अन्याय हो। उहाँ दोषी होइन, यो राजनीतिक दबाब हो।'

अदालतमा उपस्थित भएका कम्बोडियाका लागि अमेरिकी राजदूत डब्ल्यू प्याट्रिक मर्फीले केमविरूद्धको मुद्दा र सजायलाई "न्यायको गर्भपात" भनेर आलोचना गरे।

गत अगस्टमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नोम पेन्हको भ्रमणको क्रममा केम सोखालाई भेटेर हुन सेनसँग वार्तामा राज्यको 'खोक्रो' लोकतन्त्रको बारेमा चिन्ता व्यक्त समेत गरेका थिए।

एकदलीय राज्य

हुन सेनले प्रजातान्त्रिक स्वतन्त्रतालाई कुण्ठित गरेको र देशमा डरको वातावरण सिर्जना गरेको अधिकार समूहहरूले बताएका छन्।

केम सोखाको गिरफ्तारीको दुई महिना पछि कम्बोडियाको सर्वोच्च अदालतले सत्तारूढ कम्बोडियाको पीपुल्स पार्टी (सीपीपी) को एकमात्र व्यवहार्य प्रतिद्वन्द्वी सीएनआरपीलाई विघटन गरेको थियो।

उक्त विघटनले सीपीपी र हुन सेनका लागि सन् २०१८ मा १२५  संसदीय सीट जित्ने माहोल सिर्जना गर्दै देशलाई एक-दलीय राज्यमा परिणत गर्‍यो।

गत वर्षको चुनाव अघि धेरै विपक्षी व्यक्तित्वहरूलाई देशद्रोहको दोषी ठहराइएको थियो।

गत महिना हुन सेनले आफ्नो छोराको बारेमा समाचार लेखेको भन्दै देशका केही स्थानीय स्वतन्त्र मिडिया आउटलेटहरू मध्ये एउटा मिडिया बन्द गर्ने आदेश दिएका थिए।

केम सोहकाको मुद्धाले 'न्यायपालिकाप्रति राज्य नियन्त्रणको डरलाग्दो समस्या' लाई चित्रण गरेको, कम्बोडियन सेन्टर फर ह्युमन राइट्सका कार्यकारी निर्देशक चक सोफेपले भने। (एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति: : 2023-03-03 11:38:00

प्रतिकृया दिनुहोस्