मोरक्कोद्वारा अन्तरराष्ट्रिय बजारमा २.५ अर्ब अमेरिकी डलरको ऋणपत्र जारी

मोरक्कोले अन्तरराष्ट्रिय वित्तीय बजारमा २.५ बिलियन अमेरिकी डलर ऋणपत्र जारी गरेको छ।

मोरक्कन समाचार एजेन्सी म्यापले बिहीबार  उल्लेख गरेअनुसार मोरक्कोको अर्थ र वित्त मन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १।२५ अर्ब डलरको दुई किस्तामा विभाजन गरका छन्।

ऋणपत्र जारी गर्ने सफलता सङ्कटको सन्दर्भमा मोरक्कन अर्थतन्त्रको लचिलोपनमा लगानीकर्ताहरूको विश्वासको प्रमाण हो' मन्त्री फेताहले बताए।

मोरक्कन केन्द्रीय बैंकका अनुसार, उत्तर अफ्रिकी देशको अर्थतन्त्र सन् २०२२ मा १।३ प्रतिशतले वृद्धि भएको छ र २०२३ मा ३।३ प्रतिशतले वृद्धि हुने अपेक्षा पनि गरिएको छ।
 

प्रकाशित मिति: : 2023-03-02 19:22:00

प्रतिकृया दिनुहोस्