रोष्टमै रुँदै जसपा सांसद लिम्बूले भनिन्- प्रदेशको नाम कोसी स्विकार्न गोली थाप्दाभन्दा गाह्रो भयो

जनता समाजवादी पार्टी (जसपा) की सांसद तथा प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले कोसी प्रदेश स्वीकार गर्न गोली थाप्दाभन्दा गाह्रो भएको बताएकी छिन्।

पहिचानका आधारका प्रदेशको नामाकरण हुनुपर्ने बताउँदै आएकी लिम्बूले बहुमत सदस्यको निर्णय मान्नुपर्ने अवस्थाले आफूहरूलाई आएको मतको अपमान भएको बताइन्।

संसदकाे रोष्टमै रुँदै उनले भनिन्, 'मलाई नामाकरणको विषयमा हिजोमात्रै थाहा दिएर अपमान गरियो।'

आँसु मिश्रित स्वरमा बोल्दै उनले नामाकरणको विषयमा पुनर्विचार गर्नसमेत माग गरेकी छिन्। उनले थपिन्, 'गोली थाप्दा गाह्रो हुँदैन थियो, जति कोसी नाममा मलाई त्योभन्दा गाह्रो भयो।'

प्रकाशित मिति: : 2023-03-01 17:07:00

प्रतिकृया दिनुहोस्