प्रदेश १ को नामकरणको प्रस्ताव पेस गर्न आह्वान 

प्रदेश १ को नामकरणको प्रस्ताव पेस गर्न प्रदेशसभा सचिवालयले आह्वान गरेको छ। सचिवालयले बुधबार बिहान एक सूचना निकाल्दै नामकरणको प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यशरुले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रस्ताव पेस गर्नुपर्ने छ।

सूचनाका अनुसार प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२:०० बजेसम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेको आलोचना खेप्दै आएको छ

प्रकाशित मिति: : 2023-03-01 11:18:00

प्रतिकृया दिनुहोस्