मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

प्राय घर्मीकाे समयमा मुखमा खटिरा तथा घाउ आउने गर्दछ। खटिरा कब्जियत, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा आउन सक्छ। मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ। त्यसकारण मुखमा खटिरा आउने समस्या छ भने यी घरेलु उपाए अपनाउनुहाेस्। 

१. लिकोरिस वा मुलेठी 
 मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस्। अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस्। मुख र जिभ्रोका खटिरा हराउँछन्। 

२. घिउकुमारी 
घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ। 

३. हरियो धनियाको रस 
धनियालाई पानीमा उमाल्नुस्। अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस्। खटिरा गायब भइहाल्छन्। 

४. अलैंची चूर्ण 
अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि -र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन्। 

५. अम्बाका पात 
अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ। 

प्रकाशित मिति: : 2023-02-28 11:54:00

प्रतिकृया दिनुहोस्