ललितपुरमा एक पुरूषद्वारा आत्मदाहकाे प्रयास

शनि शाक्य

ललितपुर

ललितपुरमा एक जनाले आफ्नाैँ शरीरमा मट्टितेल छर्किएर आगो लगाएको छन्।

सिन्धुपाल्चोक बलेफी गाँउपालिका-७ चुम्लुङ् बेसी घर भई हाल लगनखेलस्थित विद्युत प्राधिकरणको क्वाटरमा बस्दै आएका वर्ष ४९ को उद्धव पराजुलीले मादक पदार्थ सेवन गरी आफ्नो शरीरमा आफैँले मट्टितेल छर्की आगो लगाएका हुन्।

पराजुलीले हिजाे राति साढे सात बजे शरीरमा मट्टितेल छर्कीएर आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

प्रहरीका अनुसार घाइतेलाई तत्काल उद्दार गरी पाटन अस्पतालमा लगिएको र पाटन अस्पतालमा उपचार गराई थप उपचारको लागि कीर्तिपुर वोन अस्पताल पठाइएकाे छ। शरीरको ४० प्रतिशत भाग जलेको छ भने पराजुली बोल्न नसक्ने अवस्थामा छन्।

प्रकाशित मिति: : 2023-02-24 10:28:00

प्रतिकृया दिनुहोस्