युक्रेनको पक्षमा नेपाल, रूस–युक्रेन युद्ध रोक्न राष्ट्रसंघमा प्रस्ताव पारित

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

नेपाल युक्रेनको पक्षमा उभिएको छ।

संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव पारित गर्दा नेपाल एकसय ४१ राष्ट्रसँगै प्रस्तावको पक्षमा उभिएको हो। 

प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसे। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पूरा भएको दिन संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावमा युद्ध रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने र जति सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने उल्लेख छ। 

२०२२ को फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण सुरु गरेको थयो। रुसले युक्रेनका चार क्षेत्र आफूमा गाभेको घोषणा गरेपछि तनाव बढ्लै जाँदा रूस र युक्रेनबीच युद्ध सुरू भएको थियो।

प्रकाशित मिति: : 2023-02-24 09:34:00

प्रतिकृया दिनुहोस्