आफू सत्तामा भए सबै ठीक नत्र सबै गलत। यस्तो मानसिकताले न व्यक्तिको विकास हुन्छ, न देशको।
२०४६ सालमा प्रजातन्त्र आएपछि देशमा परिवर्तन होला भन्ने आमअपेक्षा थियो। ३३ वर्ष बित्यो तर नागरिकले परिवर्तनका आभास पाएनन्। खासमा देश विकासको अवस्था धेरै राम्रो होला भन्ने अपेक्षा थियो। त्यो हुन सकेन। तीन दशक नाघिसक्दा केही नपाएपछि नागरिकले अब सरकारको नेतृत्वमा जाने राजनीतिक दलहरूलाई कसरी विश्वास गर्ने ? के आधार बाँकी छन् र विश्वास गर्न ? पछिल्लो निर्वाचनले पनि राम्रो परिणाम दिएन। एक किसिमले गोलमालजस्तो भएको छ। पाँच वर्ष सरकार टिक्दा धेरै थोक होला भनेजस्तो भइसकेको छ। निर्वाचनलाई खेल मान्दा त्यसको नियमलाई पनि त मान्नै पर्यो नि। जसलाई नागरिकले सरकार चलाउने म्यान्डेड दिन्छन्, उसैको भरोसा गर्ने हो र अपेक्षा पनि उसैसँग गर्ने हो। यहाँ त आफू सरकारमा गए सब ठीक नगए सब बेठीक भन्ने चलन भयो। यो चाहिँ भएन।
तिपक्ष पनि सरकारमै आउनु पूरै गलत अभ्यास हो। अरू देशमा पनि सिद्धान्त अगाडि सारिएको छ, हाम्रो पनि त्यस्तै हुनुपर्छ। मानिस पूर्ण नहुने हुनाले राम्ररी गर्छु भन्दा पनि उल्टो हुनसक्छ त्यसैले सरकारलाई प्रतिपक्ष चाहिन्छ। अचम्म के भने प्रतिपक्ष हुनुपर्ने नेपाली कांग्रेस सरकारलाई समर्थन गरेर राष्ट्रपति ताकिराखेको छ। उसको यो काम त पक्कै सही छैन होला।