यसरी मनाइयाे टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा टुँडिखेलमा विशेष कार्यकमकाे आयोजना गरिएकाे छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति विद्यादेवी भण्डारी, उप-राष्ट्रपति नन्दबहादुर पुन, सभामुख देबराज घिमिरेलगायतकाे उपस्थिति रहेकाे थियाे। विक्रम संवत २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। वि.सं २००८ पछि मुल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो।
प्रकाशित मिति: : 2023-02-19 13:54:00

प्रतिकृया दिनुहोस्