कलाकार र राजनितिकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियाेगीता सम्पन्न

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

नेपाल युवासघंले कलाकार र राजनितिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेकाे छ। 

युवासघंले बुधबार एन्फा कम्प्लेक्समा कलाकार र राजनितिकर्मी खेल आयाेजना गरेकाे हाे। 

खेलमा राजनितिकर्मी तर्फबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेल, लगायतका नेताहरु सहभागी थिए। भने कलाकारतर्फ जितु नेपाल, अभिनेता आकाश श्रेष्ठ,  शंकर बिसी, गायिका रचना रिमाललगायतका मैदानमा उत्रिएका थिए।

संघले फागुन ११ देखि गर्न लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजना गर्न घोषणा गरिसकेको छ। त्यसअघि संघले आज कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो। भने बिहिबार सञ्चारकर्मी तथा राजनितिकर्मी मैत्रीपूर्ण फुटबल खेल हुदैँ छ। 

प्रकाशित मिति: : 2023-02-15 18:37:00

प्रतिकृया दिनुहोस्