नेपालमा ‘वान एक्स बेट’का एजेण्टहरुकाे बिगबिगी, लाग्न सक्छ अर्थतन्त्रमा धक्का

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

‘वान एक्स बेट’ले पछिल्लाे समय आम-मानिसकाे पैसासँगै निन्द्रालाई समेत बर्बाद बनाइरहेकाे छ। वान एक्स बेट एक डिजिटल अनलाइन जुवा हाे। याे खेल नेपालमा अवैध मानिन्छ। ‘बेटिङ एप’ अन्य देशहरुमा भने वैध छ।

यही खेलकाे कारण मानिसहरुले लाखौँ पैसा गुमाएकाे समाचारहरु दिनहुँ सार्वजनिक भइरहेका हुन्छन। नेपालमा विद्यार्थी तथा युवा-युवतीहरुले यो एपमा आफ्नो समय र पैसा सिध्याउँछन। यो एप नेपालमा दर्ता गराउन वान एक्सका एजेण्टहरु बजारमा सक्रिय रहेकाे पाइएकाे छ।

एजेण्टहरुले नयाँ खेलाडीलाई वान एक्समा भित्र्याउन सक्यो भने उसलाई वान एक्सले २५ प्रतिशतसम्म कमिसन दिने गरेको छ। यस्तै कमिसनको प्रलाेभनमा युवाहरु वान एक्स बेटको एजेण्ट बनिरहेको छन।

एजेण्टकै कारणले गर्दा धेरै युवा युवतीहरु वान एक्स बेट खेलेर करोडौं पैसा गुमाइसकेका छन्। जोरपाटीका एक युवकले वान एक्स बेटमा ४० लाख हरेपछि आत्महत्यासमेत गरेका थिए।

नेपालमा मात्रै ४० लाख नेपालीहरु यो एपमा जोडिएका छन। ४० लाख नेपालीलाई यो एपमा जोडाउने सबै वान एक्स बेटका एजेण्टहरु हुन। उनीहरुको काम नै यो बेटिङ एपमा जोडाउने हो।

एजेण्टहरुले नयाँ खेलाडीहरुलाई प्रलाेभन देखाएर यस एप भित्र छिराउँछन। जस्तो कि सुरुमा पैसा हाल्दा बोनस आउने र शुक्रबार पनि वान एक्सले बोनस दिने जस्ता लोभहरु देखाउने गरेका छन। यस्तै लोभले गर्दा धेरै मानिसहरु फसिसकेका छन। अहिले वान एक्स बेटमा धेरै जोडिने भनेका विद्यार्थीहरु हुन। वान एक्सका एजेण्टहरु कलेज बाहिरतिर धेरै भेटिन्छन।

विद्यार्थीहरु खेलप्रति आकर्षित हुन्छन। यस्तै आकर्षित विद्यार्थीहरुलाई बढी पैसा आउँछ भन्ने प्रलोभन देखाएर वान एक्स बेटमा छिराउँछन्।

अहिले धेरै जनाको परिवारमा वान एक्स बेटले गर्दा खल्लीबल्ली मच्चिएको छ। एजेण्टहरु बजारमा भएको चिया पसलजस्तै छ्याप्छ्याप्ती भेटिन्छन। एजेण्टहरुले जो नयाँ मान्छे भेट्यो, उसलाई नै खोल्न लगाउँछन।

एजेण्टकै कारणले गर्दा पनि मानिसहरुको पैसा र समय बर्बाद भएको हो भन्दा पनि केही फरक पर्दैन। एजेण्टहरुले सयौँको संख्यामा इसेवा आइडी र खल्ती एपमा अकाउन्ट खोलेका हुन्छन। नागरिकता अरु व्यक्तिसँग गोटाको ३०० देखि ५०० मा खरिद गर्छन र इसेवा र खल्तीका अकाउन्ट खोल्छन।

यसरी अरु व्यक्तिको नाम इसेवा र खल्ती अकाउन्ट खोल्दा संख्या नहुने र राष्ट्र बैंकलाई खबर नहुने अरु व्यक्तिको परिचय खरिद गर्छन्। यसले गर्दा सिधा मानिसहरु पनि जेल जानुपर्ने बाध्यता छ।

सानो रकमको लागि किन दिन्छन् नागरिकता ?

गृह मन्त्रालयले पनि अहिलेसम्म यो बेटिङ एपबारे केही थाहा नपाएको जसरी मौन बसिराखेकाे छ ? हल्ला भएको बेलामा मानिसहरु समात्ने मात्र काम होर गृह मन्त्रालयको ?

यो बेटिङ एपमार्फत् नेपालीहरुलाई खेलाइ नेपालमा भएको पैसा अन्य मुलुक भित्र्याउँछन्। अब गृह मन्त्रालयले यसको मुख्य गिरोह नसात्ने हो भने देश बर्बाद हुन्छ।

अहिलेदेखि नै नेपाल प्रहरीले अनुसन्धान गरेन भने दिनहुँ मानिसहरुको हारेको र मरेको समाचार मात्र बाहिर निस्किने गर्छ। त्यही भएर गृह मन्त्रालयले नेपाल प्रहरीलाई कडा निर्देशन दिएर यो बेटिङ एपमा जोडिएका र एजेण्टहरुलाई समातेर कारवाही गर्नुपर्छ।

यो सँग-सँगै परिवारका सदस्यहरुले आफ्नाे छोरा छोरीको फोन पनि चेक/जाँच गर्नुपर्छ। अहिले विद्यार्थीदेखि वृद्धसम्मले फोन बोक्छन तर सानो उमेरका मानिसहरु यो बेटिङ एपमा धेरै जोडिएका छन। त्यसले गर्दा पनि परिवारका सदस्यले आफ्नाे छोरा छोरीको सर्तकता अपनाउन फोन चेक/जाँच गर्न जरुरी देखिन्छ।

नेपालमा वान एक्स बेटिङ एप आउनुभन्दा अघिदेखि पनि गिरोहहरुले नेपालमा बेटिङ खेलाउँथ्यो। त्यो गिरोहहरुले सुरुमा खेल्ने व्यक्तिहरुसँग चेक लिएर खेलाउँथे। अहिले मानिसहरु यसरी बेटिङ खेल्दैनन्। अहिले आफ्नै फोनमा आफैं एप डाउनलोड गर्छन र एजेण्टमार्फत् आफ्नो आइडीमा पैसा हाल्छन र खेल्छन।

खेलाडीलाई अहिलेसम्म थाहा छैन यो पैसा कहाँ जान्छ र हामीलाई कसरी आउँछ भनेर ?

एजेण्टहरुकै आश्वासनले खेल्न बाध्य छन्, मानिसहरु। २०२२ को विश्वकपमा वान एक्स बेटमार्फत बेटिङ खेलाउने नेपालका थुप्रै एजेण्टहरु समातिए। एउटै एजेण्टले ३० वटासम्म सिमकार्ड, ५० जना व्यक्तिको इसेवा आइडी र लाखौँ पैसाको अवैध कारोवार गरेको भेटियो।

एजेण्टहरु समातिए र अहिले पनि जेल सजाय भोगिराखेका छन। खेल्ने मानिसहरुले इसेवाबाट वान एक्स बेटका एजेण्टकोमा इसेवामार्फत् पैसा हालदिन्छन।

एजेण्टको इसेवा खातामा पैसा गएपछि खेल्ने खेलाडीले बनाएको वान एक्स बेटको आइडिमा एजेण्टले पैसा हालदिन्छन। एजेण्टहरुले पाँच सयदेखि मात्र कारोबार गर्छन।

उनीहरुले पाँचसय रुपैयाँभन्दा तल हालदिँदैनन। यसरी कारोबार गर्दा पनि एजेण्टलाई कमिसन आउँछ। खेल्ने मासिनहरुले जितेपछि एजेण्टमार्फत नै भुक्तानी गर्नुपर्ने हुन्छ।

पैसा भुक्तानी गर्दा एजेण्टले जित्ने मानिससँग कमिसन लिन्छन। एजेण्टलाई दोहोरो फाइदा हुन्छ। जित्ने मानिसले एजेण्टकै अकाउन्टमा पैसा हालदिने हो र उसले जित्ने खेलाडीको बैंक खातामा पैसा हालदिन्छ।

नेपालमा वान एक्स बेटको एजेण्ट कसरी बने नेपालीहरु ?

सुरुमा एजेण्ट बन्नको लागि जो कोही पनि वान एक्स बेटको खेलाडी हुनुपर्छ। खेलाडी तर, धेरै रकम हार/जित गरेको मानिस हुनुपर्छ। त्यसपछि वान एक्स बेटले नेपालमा खटाइएका प्रतिनिधिले त्यस व्यक्तिको डिटेल (विवरण) हेर्छ। डिटेल हेरेपछि वान एक्स बेटको प्रतिनिधिले त्यस खेलाडीलाई अनलाइनमार्फत सोधपुच्छ गर्छ।

सोधपुच्छपछि त्यस व्यक्तिको सम्पूर्ण कागजत र बैंक डिटेल चेक गर्छ। अनलाइनमार्फत् नै धेरै सोधपुच्छ गर्नुका साथै अन्तर्वार्ता पनि लिइन्छ। एजेण्ट भन्न लाएक देखेपछि त्यस मानिसलाई अनलाइन डिपोजिट, क्यास विथड्रल, खेलाडीहरुसँग कुराकानी गर्न र म्यासेज गर्न सिकाइन्छ। नेपालीहरु वान एक्स बेटको एजेण्ट भन्नुको मुख्य कारण भनेको वान एक्स बेटले दिने २५ प्रतिशतले गर्दा हो।

एजेण्टहरुलाई खेलाडीहरुले पैसा हाल्दा वा निकाल्दा पनि फाइदा हुने गरेको छ। त्यही भएर पनि होला मानिसहरु वान एक्स बेटको एजेण्ट बनेका हुन।

यत्ति पक्का भएपछि उनीहरु बजार प्रतिनिधि जसरी मानिसहरुलाई फसाउन बजारमा छिर्छन। अहिले धेरै चिया पसलहरुमा वान एक्स बेटका एजेण्टहरु भेटिन्छन।

सरकारलाई राजस्व छल्दै अवैध धन्दा गर्दै वान एक्स बेट

नेपालमा सानोदेखि ठुलो व्यवसाय गर्दा व्यपारीहरुले कर तिर्न पर्छ। सबै व्यवसायीहरु करको दायरा आउनुपर्छ। वान एक्स बेट साइप्रसमा २००७ मा दर्ता भएको बेटिङ एप हो। यो बेटिङ एप अरु देशमा दर्ता भएको कम्पनी हो। यस बेटिङ एप अरु देशहरुमा वैध छ भने नेपालमा अवैध रुपमा सञ्चालन छ।

अन्य मुलुकमा यो बेटिङ एप सञ्चालन गराउँदा सरकारलाई राजश्व दिनुपर्छ। हाम्रो देशमा पनि यो एपमार्फत् खेल्ने मानिसहरु ४० लाखभन्दा माथि छन। मानिसहरुले बेटिङ वान एक्स बेटमार्फत् गर्छन। हाम्रो जस्तो सानो देशमा यस्तो बेटिङ एप सञ्चालन गर्न दिनु हुँदैन। नत्र भए देशको अर्थतन्त्र तहसनहस हुन्छ।

सरकारले यस बेटिङ एपलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्छ। सरकारले जति ढिला गर्छ त्यत्ति नै नेपालीहरु बिग्रिछन। नेपालमा भएको पैसा बाहिर लिएर जान पनि यो बेटिङ एप नेपालमा निकै सक्रिय छ।

२०२२ को विश्वकपमा मात्रै नेपालीहरु कराडौँ रुपैयाँ हारेका छन। यो हारेको पैसा बाहिर मुलुक जान्छ। यसले गर्दा पनि देशको अर्थतन्त्रमा ठुलो गिरावट भइराखेको छ।

नेपालमा वान एक्स बेटको विज्ञापन

वान एक्स बेटले नेपालमा भएको खेल क्षेत्रलाई लक्षित गरेर विज्ञापन दिने गरेको धेरै भेटिन्छ। यस बेटिङ एपले खेल मैदान, स्ट्रिम साइटतिर धेरै विज्ञापन दिएको देखिन्छ। वान एक्स बेटको विज्ञापनमा मानिसहरु गरीबबाट धनी भएको देखाइन्छ। तर, असलीमा यो बेटिङ एपमा खेल्ने मानिसहरु करोडपतिबाट रोडपति भएका छन।

यसको विज्ञापन संसार भर नै भइराखेको छ। अन्य मुलुकमा भएको बेटिङ एपजस्तै हो वान एक्स बेट। तर, नेपाललाई नै केन्द्रित गर्नुको मुख्य कारण भनेको कर छली गर्न हो।

अरु देशमा भने खेलाउन स्वीकृति लिएको छ भने नेपालमा लिएको छैन।

नेपालमा एजेण्ट सयौं खेलाडी लाखौं ?

एजेण्टहरुले मानिसहरुको पैसा डिपोजिट गर्दा र विथड्रल गर्दा पनि २५ प्रतिशत कमिसन पाउँछन। यो २५ प्रतिशत कमिसन वान एक्स बेटकै प्रतिनिधिहरुले नेपालमा भएको एजेण्टहरुलाई दिने हो। नेपालमा मात्रै वान एक्स बेटका एजेण्टहरु सयौंको सङख्यमा छन। उनीहरु बजार र रुमभित्र बसेर काम गर्छन।

बजारमा हुने एजेण्टले नयाँ खेलाडी बनाउन हिँड्छ भने रुममा बसेर काम गर्ने एजेण्टले पैसा हालदिने, निकालदिने र खेलाडीलाई समस्या पर्दा समाधान कसरी हुन्छ भनेर अनलाइनमार्फत निर्देशन दिने काम गर्छ।

काठमाडौँ, ललितपुर, भक्तपुरका मानिसहरु यो बेटिङ एपमा धेरै जोडिएका छन। ४० लाखभन्दा माथि खेलाडी छन बान एक्स बेटको नेपालमा। २०२२ को विश्वकपमा खेल्ने खेलाडी धेरै भएको कारण पनि इसेवा र खल्तीको सर्भर नै चलेको थिएन। वान एकस बेटको आइडिमा पैसा हाल्नको लागि प्रयाेग हुन्छ इसेवा र खल्ती।

के भन्छ नेपाल प्रहरी ?

नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘अहिले यो सम्बन्धी मुद्दा वा उजुरी आएको छैन तर हामी अनुसन्धान गरिराखेका छौँ। सबै मानिसहरुले हामीलाई आएर सूचना दिन पनि अनुरोध गर्छु। यसरी बेटिङ खेलाउने एजेण्टलाई साइभर अपराधअनुसार कानुनी सजाय हुन्छ।’

उनले यस्ता अनलाइन ठगीबाट बच्नकाे लागि सचेत हुनुपर्ने बताए।

प्रकाशित मिति: : 2023-02-17 21:30:00

प्रतिकृया दिनुहोस्