यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

फाइल तस्बिर
फाइल तस्बिर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलकाे न्युनतम मुल्य सार्वजनिक गरेकाे छ।

आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

यसैगरी नेपाली सुन्तला १६० रूपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १५०, अम्बा १००, आभोकाडो ४००, किवि ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ। 

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ रहेको छ। 

यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, खुर्सानी सुकेको ४०० रुपैया, हरियो  खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। 

यसैगरी, राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति: : 2023-02-10 10:01:00

प्रतिकृया दिनुहोस्