प्रि-ओपन सेसनमा नेप्से ०.२४ अंकले वृद्धि

प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ।

यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ। 

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन। 

प्रकाशित मिति: : 2023-02-06 12:19:00

प्रतिकृया दिनुहोस्