फोन‍-पे एपबाट रकम भुक्तानी गर्न इन्टरनेट नचाहिने

फोन-पे एपमार्फत अब बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ।

फोन-पेले सार्वजनिक गरेको फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायहरूका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ।

फोन-पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्छ। तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने विश्वास कम्पनीको छ। राष्ट्र बैंकको 'लेस क्यास इकोनोमी' बनाउने अभियानलाई साकार पार्न पनि मदत गर्ने कम्पनीले बताएको छ।

प्रकाशित मिति: : 2023-02-04 16:37:00

प्रतिकृया दिनुहोस्