छैसठ्ठी महिला र बालबालिका इस्लामिक समूहबाट मुक्त

बिएल संवाददाता

बुर्किना फासो
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ।

राष्ट्रिय प्रसारक आरटीबीका अनुसार सशस्त्र बलले मध्य–उत्तर क्षेत्रमा सैन्य कारबाहीका क्रममा बन्धकहरूलाई फेला पारेको थियो। उक्त समूहमा चार शिशुसशित ३९ जना बालबालिका रहेका बताइएको छ। 

गत जनवरी १२ र १३ मा इस्लामिक अतिवादीहरूले अपहरण गर्दा उनीहरू सौम प्रान्तको अर्बिन्डा शहर नजिकै जङ्गलमा फलफूल टिप्न गएका थिए।

अरबिन्दा शहर वर्षौंदेखि जिहादी नाकाबन्दीको चपेटामा परेको छ, जसले गर्दा महिलाहरूले देश छोड्न खोजेमा आक्रमणको चपेटामा पर्ने खतरा बढेको अधिकारवादी समूहहरूले बताएका छन्।

अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित जिहादी हिंसाले बुर्किना फासोमा हजारौंको ज्यान लिइसकेको छ भने पश्चिम अफ्रिकी राष्ट्रमा करिब २० लाख मानिस विस्थापित भएका छन्। 

सन् २०२२ मा दुई पटक सैन्य कू भएको र युद्ध रोक्न एकपछि अर्को सरकारहरू असफल भइरहँदा व्यापक असन्तोष पैदा भएको छ। 

गत सेप्टेम्बरमा सत्ता कब्जा गरेको सैन्य प्रशासनले सुरक्षा पुनस्र्थापित गर्ने वाचा गरेपनि अहिले पनि हिंसा रोक्न सङ्घर्ष गरिरहेको छ।
 

प्रकाशित मिति: : 2023-01-21 18:24:00

प्रतिकृया दिनुहोस्