सर्वनाम थिएटरमा कविताका तीन पुस्ता

कविताका तीन पुस्ताले कविता सुनाएका छन्।

‘केही समय कविताका लागि बाँचौँ’ भन्ने नाराका साथ शनिबार काठमाडौंस्थित सर्वनाम थिएटरमा आयोजित समारोह कवितामा विश्वविमोहन श्रेष्ठ, अनिता लामा र मौन आवाजले कविता सुनाएका हुन्।

हरेक दुई महिनामा एकपटक हुने तीन पुस्ताको श्रृंखला दुईपटक आयोजित भइसकेका छन्।

काठमाडौंमा कविता सुनिन छाडिएको कारण कविता र कविलाई सँगसँगै डोर्याउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको संयोजक बाबु त्रिपाठीले बताए। 

प्रकाशित मिति: : 2023-01-19 12:31:00

प्रतिकृया दिनुहोस्