ग्रामीण क्षेत्रका नागरिकहरुलाई बैंक तथा वित्तिय सेवा प्रदान गर्ने उदेश्यसहित स्थापना भएको कर्णाली विकास बैंकले थप विश्वासिलो बनाउँदै पश्चिम नेपालमा विश्वासिलो बैंक बन्दै गएको छ।
लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगञ्जमा प्रधान कार्यलय भएको कर्णाली विकास बैंक हालसम्म १८ वटा शाखासहित अहिले पश्चिम नेपालको महत्वपूर्ण बैंक बनिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले जानकारी दिए।
कर्णाली विकास बैंक लिमिटेडले स्थानीय जनशक्ति र पुँजी स्राेतको परिचालन गरी कृषि, व्यापार र उद्योगमार्फत ग्रामीण तथा सहरी अर्थतन्त्रको उत्थान गर्न सम्भाव्य उत्पादनको उत्पादकत्व स्थापना, विकास, विस्तार र सहजीकरण गर्दै स्थानीय तहमा रोजगारीसमेत सृजना गरेपछि अहिले पश्चिम नेपालको विश्वासिलो बनेको छ।
बैंकले देशभर छरिएर रहको पुँजी सञ्चित गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ। साथै संस्थागत लगानी र स्वस्थ प्रतिस्पर्धामा अब्बल मानिएको कर्णाली विकास बैंकले अहिले नागरिकहरुमा बचतको बानी विकास गर्नेदेखि गाँउघरमा साना तथा घरेलु उद्योग स्थापनामा समेत योगदान गर्दै आएको छ।
स्रोत साधनको अधिकतम प्रयोग गर्दै उत्पादनलाई बढाउने उद्देश्य लिएको बैंकले स्थानीय उत्पादनलाई बजारिकरणमा समेत योगदान पुर्याउँदै आएको छ।