प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

File Photo
File Photo

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन्।

शुक्रबार बसकाे प्रदेशसभामा बैठकमा भएको मतदानमा मुख्यमन्त्री कार्कीले ५९ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन्। कार्कीको पक्षमा ५९ मत खस्दा विपक्षमा ३२ मत परेको छ।

बैठकमा नेपाली कांग्रेसका एक जना सांसद अनुपस्थित रहेका थिए। एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थन रहेकाे छ।

प्रकाशित मिति: : 2023-01-13 16:35:00

प्रतिकृया दिनुहोस्